काठमाडौं, ७ बैशाख । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा वितरणयोग्ग नाफा १५५ प्रतिशतले बृद्वि गरेको छ । बैंकले गत वर्षको त्रैमाससम्ममा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो नाफा ४८.७९ प्रतिशतले बढी हो ।
बैंकको संचालन नाफा पनि चालु आर्थिक वर्षमा बढेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा ९८ करोड ५७ रुपैयाँमात्र संचालन नाफा गरेको थियो । त्यस्तै, गत वर्ष सोही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड कमाएको बैंकले यो चालु आवमा १ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी, निक्षेप संकलनमा पनि ३९.४३ प्रतिशतले र कर्जा परिचालनमा ४३.८९ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ । बैंकको जगेडा कोषको रकम पनि बढेर १ अर्ब भन्दा पुगेको छ ।