Logo

एकै दिन लुम्बिनी विकास बैंकका तीन शाखा विस्तार



विर्तामोड, ७ बैशाख । लुम्बिनी विकास बैंकले एकैदिन झापाको विर्तामोड, दमक र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ । बैंकले सोमबार एकै दिन तीन वटा शाखाको विस्तार गरेको हो ।

हिजो थपिएको ३ शाखा सहित लुम्बिनी विकास बैंकका मुलुकभर ७० शाखा पुगेका बैंकले जनाएको छ । झापाको दमकमा एक कार्यक्रमका बीच सोमबार बैंकका सञ्चालक केशव खतिवडा र दमक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्