Logo

कतारी रियाल नोटलाई बैशाख २७ भित्र सटही गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकले कतारी रियल नोटहरुलाई बैशाख २७ गतेभित्र सटही गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले कतारको केन्द्रिय बैंकले पुराना कतारी रियल असार १७ गते अर्थात १ जुलाईबाट नचलाउने निर्णय गरेसँगै बैशाख २७ गतेसम्म सटही गर्न सुचना जारी गर्दै आग्रह गरेको हो ।

अब कतारको केन्द्रिय बैंकले पुराना चलनचल्तीका नोट हटाएर नयाँ नोट जारी गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था तथा मनी चेन्जरहरुलाई पनि राष्ट्र बैंकले तोकेको समयभित्र सटही गर्न र तोकिएको अवधिपछि बैंकले नसाट्ने पनि सुचनामा उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्