Logo

जसपाका नेता मनिष सुमनले किन गरे प्रधानमन्त्री ओलीको प्रशंसा (भिडिओसहित)



काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले सरकारले जसपाका नेता तथा कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ताको तयारी गरेको कुरा विश्वस्त स्रोतले दिएको जनाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले यस्तो बताएका हुन् ।

उनले हिजो लुम्बिनी प्रदेशमा चार जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको र लगत्तै उनै मुख्यमन्त्री नेतृत्वको सरकारमा सहभागी भएको विषयमा उनले घुमाउरो पाराले समर्थन गरे । तर, ती चार जनाले गरेको निर्णय हठात्को संज्ञा दिए । उनले प्रदेश समितिको धाक र धम्कीले कसैको पनि सांसद पद नजाने दाबी गरे । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशका जनताप्रति देखाएको वैमनस्यताको आफूहरुले विरोध गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्