Logo

भदौमा महाधिवेशन हुन्छ, संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको कामको भत्र्सना गरेका छौं : रमेश लेखक



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले भदौमा पार्टीको १४औं महाधिवेशन हुने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेश भदौमा सम्पन्न गर्नेगरि तयारी थालिएको पनि विश्वास दिलाए । वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न हिजो बसेको केन्द्रीय समिति बैठकले निर्देशन दिएको पनि उनले जनाए । प्रस्तुत छ नेता लेखकसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

भदौमा महाधिवेशन हुन्छ ? यो सम्भव छ ?

भदौमा महाधिवेशन हुन्छ । गर्नैपर्छ । महाधिवेशन गर्नैपर्ने भएको हुनाले हामीले कार्यतालिकामा केही हेरफेर गरेका छौँ । त्यो संगसंगै महाधिवेशन हुने निश्चिततातर्फ पनि हामी अगाडि बढेका छौँ ।

हिजो केन्द्रीय कमिटीको बैठकमा के–के निर्णय गर्नुभयो ?

हिजो दुईवटा निर्णय भएको छ । एउटा महाधिवेशनसंग सम्बन्धित निर्णय भएको छ । त्यसमा पनि खास गरेर क्रियासिल सदस्यताको बारेमा नै निर्णय भएको छ । र, अब हामी के थप्छौँ भने आज वैशाखको ७ गते हो । यसकै १५ गतेसम्म हामी क्रियासिल सम्पुर्ण ईन्ट्री बन्द गछौँ । हाम्रो नविकरणको ईन्ट्रीहरु जिल्ला कार्यसमितिबाट र नयाँ कृयासिल सदस्यताको ईन्ट्री प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट भईरहेको छ । देशभरिबाट अब वैशाखको १५ गते राति १२ बजे हामी कम्प्युटरको यो सिस्टम नै बन्द गछौँ । त्यो भएपछि अन्लाईन सिस्टम देशभरिबाट बन्द हुन्छ । र, बैशाख १५ गते १२ बजेपछि कुनै पनि ईन्ट्री गर्न पाईँदैन । यो अन्तिम निर्णय हो । तपाईँमार्फत देशभरि सुनिरहनुभएका नेताहरुलाई यो आग्रह गर्न चाहन्छु । र, अर्को कुरा ७७ वटै जिल्लाको जिल्ला कार्यसमितिले र जिल्ला सभापतिले बैशाखको १७ गते ५ बजेसम्ममा वडा तहको, पालीका तहको, प्रदेश तहको प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति तहको र जिल्ला कार्यसमिति तहको क्रियासिल सदस्यताको नविकरण र सम्पुर्ण बैठकको निर्णयका प्रतिलिपिहरु बैशाख १७ गते ५ बजेभित्र पार्टीको केन्द्रीय कार्यालयमा पुर्याही सक्नुपर्छ । हामीले त्यो गरेका छौँ ।

कार्यतालिका हेरफेर गरिरहँदा सबै नेताहरुमा सहमति भयो ?

सहमतिका साथमा यो भएको हो र अन्तिम पटक हामीले कृयासिल सदस्यताका बार्यमा यो अन्तिम निर्णय हो यो १७ गते पछि वेवसाईटमा अप्लोड हुन्छ । देशभरिको नाम जिल्ला जिल्ला गरेर हामी सार्वजनिक गर्छौं । ताकी सम्पुर्ण साथीहरुले हाम्रो क्रियासिल सदस्य छन भनेर हेर्ने अवस्था रहोस । वडाका र जिल्लाका साथीहरु सबै कार्यसमितिका साथीहरु आ–आफ्नो पालिका तहमा भएका ईन्ट्रिहरुलाई हेर्नसक्ने गरेर नेपाली काँग्रेसको वेबसाइटमा हामी सार्वजनिक पनि गर्छौं । यो सरोकारवालाले हेर्नसक्छन् । खाली एउटा कुरा समय बढि लिएको के छ भने दुईवटा कुरामा चैत्र महिनामा त यही निर्णय हो । चैत्रभन्दा यता विभिन्न क्षेत्रबाट समायोजन गरिएको छ । जस्तो तत्कालिन् फोरम लोकतान्त्रीक र राप्रपाबाट आएका नेता÷कार्यकर्ता साथीहरुलाई र अन्य राजनीतिक दलहरुलाई हाम्रो समायोजन समितिले निर्णय गरेर जुन क्रियासिलता ढिलो गरेर गएको छ । जिल्लाहरुमा त्यो चाहीँ बैशाख मसान्तसम्म ल्याउने व्यवस्था गरेका छौँ । तर, त्यसको ईन्ट्री केन्द्रमा नै गर्छौं । हामी त्यसको ईन्ट्री जिल्ला र क्षेत्रले गर्न पाउँदैनौं । किनभने बैशाखमा अनलाईन सिस्टम बन्द हुन्छ । त्यसको व्यवस्थापन हामी केन्द्रमा नै गर्छौँ । त्यो पनि हामीले निर्णय गरेका छौँ । त्यो सदस्यता र महाधिवेशनसम्मको कुरा भयो । अर्को, हामीले एउटा राजनीतिक निर्णय गरेका छाँै । त्यो भनेको के हो भने–अहिले जुन सरकारले संसदीय परम्पराका विपरित र संसदीय मान्यताका विपरित र हठात् ढंगले जुन प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गर्यो त्यो आजसम्मको परम्पराको विपरित छ । त्यो संसदीय पद्धतिको पनि विपरित छ । देशमा देश र जनताका सरोकार भएका महत्वपुर्ण विषयमा छलफल गर्नुपर्ने अवस्थामा अहिले आएर कसैलाई पनि थाहा नै नदिएर स्वेच्छाचारी ढंगले निरंकुश ढंगले सरकारले प्रतिनिधिसभाको अधिवेशनको अन्त्य गरेको छ । यो स्वेच्छाचारी कार्य हो । यो अलोकतान्त्रिक कार्य हो । संसदीय विधि, प्रद्धति र परम्परा मान्यताविपरित भएको हुनाले हामीले यो संसद्को प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको कामको भत्र्सना गर्दछौँ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot