Logo

‘जीतगढी नै पर्यटनको आधार क्षेत्र’



बुटबल, ७ बैशाख । जीतगढी किल्लालाई उपमहानगरपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाएको हो । किल्लासँगैका कभर्डहल, वडा कार्यालयलगायतका संरचाना हटाइएको छ भने अरु संरचना क्रमशः हटाइने छ ।

जीतगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै प्रमुख सवेदीले जीतगढी नै यसक्षेत्रको पर्यटन र इतिहासको आधार क्षेत्र बन्ने दाबी गरे । “ संसार जित्दै आएको तत्कालीन अङ्ग्रेजले नेपालमा भने हार्नुप¥यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अङ्ग्रेजका कोही न कोही सन्तान खोज्दै यहाँसम्म आउनेछन्”, प्रमुख सुवेदीले भने, “समृद्धिका आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोहीअनुरुप विकास गर्नुपर्ने छ ।”

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरपालिकाले बनाएको जीतगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिक निर्माण भइरहेको उनले बताए ।

गुरुयोजना अनुसार दुई बिघा दुई कट्ठा ८।५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन् । जीतगढी बटौली युद्ध सङ्ग्रहालयको निर्माण चलिरहेको र त्यो गुरुयोजनाअनुरुपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रकोसमेत सहकार्य रहेको उपप्रमुख एवं अनुगमन समिति संयोजक गुमादेवी आचार्यको भनाइ छ ।

किल्लाको आसपासमा पर्खाल लगाएर सङ्ग्रहालय, पार्क, स्मारक, पुरानो बुटवललाई सांस्कृतिक शहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको उपमहानगरका शहरी विकास महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिए। जीतगढी नजिकैदेखि नुवाकोटगढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम शुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्