काठमाडौं, ७ बैशाख । कोरोना संक्रमण भएका मदनकृष्ण श्रेष्ठ र उनका परिवारका सदस्यहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको धुलो औषधी र चिया प्याकेट प्रदान गरेका छन् । संक्रमित श्रेष्ठको सुनाकोठीस्थित् घरमै पुगेर राजलवटले गुर्जोको चिया समेत खुवाएका हुन् । राजलवटले सामाजिक सञ्जाल फेशबुकमा कलाकार श्रेष्ठलाई भेटेको तस्विर समेत सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन–‘बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ दाई तथा परिवारको शिघ्र स्वास्थको कामना गर्दै गुर्जो चिया तथा गेर्जो सहितको धुलो औषधीले सेवा गर्ने अवसर प्राप्त भयो ।’
हिजोमात्रै कलाकार श्रेष्ठसँग छोरा, बुहारी, छोरी र नातिनीलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । राजलवटले श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने खालको प्रणायम पनि गराएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।