काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदहरु आज आकस्मिक बैठकमा जुटेका थिए । बानेश्वरस्थित् अर्याल होटेलमा बसेको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ समयसिमाभित्रै दिने र पार्टीभित्रै बसेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा सांसद रामकुमारी झाँक्रीले आफूहरुले स्पष्टीकरणको जवाफ दिने जानकारी दिईन् । उनले सबै सांसदहरुलाई व्यक्तिगत रुपमा नै चिठ्ठी काटेर स्पष्टीकरण सोधिएकोले व्यक्तिगत रुपमा नै त्यसको जवाफ दिनेपनि बताईन् । उनले भनिन्,‘‘हामी एकताका पक्षमा छौं। पार्टीभित्रै एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्छौं, केपी ओली पार्टी विधानविरूद्ध लाग्नुभयो। त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्नेरु हामी कानूनीरूपमा प्रतिवाद गर्छौं।’
Photo/Mukunda Kalikote-ReportersNepal