Logo

२४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



काठमाडौं, ७ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (मंगलबार) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ५५ नमूनाको पिसिआर परीक्षण र ६८३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ। मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १०२ जना पुगेको छ। मन्त्रालयले जनाएअनुसार हाल देशभरि ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित छन् । र, निको हुनेको संख्या दुई लाख ७५ हजार ८ सय ६ पुगेको छ । त्यस्तै, क्वारेन्टिनमा भने ९२ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्