Logo

के हो यूरोपियन सुपर लिग



एजेन्सी, ७ वैशाख । क्लब फुटबलको सबैभन्दा महत्वपूर्ण लिगका रुपमा यो वर्षबाट यूरोपियन सुपर लिग शुरु हुँदैछ । यूरोपका सबैभन्दा बलिया टोलीहरुले यो लिगमा प्रतिष्पर्धा गर्नेछन् । यसअघि घरेलु लिग खेल्ने क्लबहरुले अब यूरोपभरबाट छानिएर लिग खेल्नेछन् ।

यूरोपेली सुपर लिगमा १२ क्लबहरु रहेका छन् । जसमा इंग्ल्यान्डका ६, स्पेनका ३, र इटालीका ३ संस्थापक क्लब रहेका छन् ।

यूरोपका तीन प्रभावशाली क्लबहरु बायन म्युनिख, बोरुसिया डट्रमन्ड र पेरिस सेन्ट जर्मेनले लिगमा जोडिन अस्वीकार गरे ।

यो लिगमा पुरस्कार रकम ठूलो छ । १० अर्ब डलरभन्दा बढी पुरस्कार रकममा खर्चिने गरी तय भएको छ । क्लबहरुले तयारीस्वरुप साँढे ३ अर्ब डलर खर्च प्राप्त गर्नेछन् ।
यूरोपेली सुपर लिगको आलोचना समेत भइरहेको छ । कतिपय देशका फुटबल फ्यानहरुले राष्ट्रिय स्तरको लिग कमजोर पार्न खोजिएको तर्क गरेका छन् ।

यूरोपेली लिग खेल्ने क्लबहरु
आर्सनल
चेल्सी
लिभरपुल
म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड
टोटनहाम हट्स्पर
इन्टर मिलान
जुभेन्टस
एसी मिलान
बार्सिलोना
रियल मेड्रिड
एथलेटिको मेड्रिड



प्रतिक्रिया दिनुहोस्

Screenshot