काठमाडौं, ८ बैशाख । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआइृसी एशिया बैंकको स्वामित्वमा रहेको शेयर खरिदको लागि आह्रवान गरेको शिलबन्दी बोलपत्र आज खोल्ने भएको छ ।
विक्रि प्रबन्धक एनआइसी क्यापिटलको अनुसार कम्पनीले ५ लाख ८९ हजार ४३८ कित्ता सस्थापक शेयर विक्रिका लागि चैत्र ४ गतेदेखि र्बैशाख ७ गतेसम्म आह्रवान गरेको बोलपत्रमा आज खोलिने भएको हो ।