Logo

मञ्जुश्री फाइनान्सले कमायो ३७ करोड ५१ लाख मुनाफा



काठमाडौं, ८ बैशाख । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत्र मसान्तसम्ममा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको चुक्तापुँजी पनि १८ प्रतिशतले बढेको छ । यो गत वर्षको तुलनामा ९४ दशमलव १६ प्रतिशतले धेरै हो । त्यस्तै, चैत्र मसान्तसम्मा कम्पनीको वितरण योग्य नाफा २८ करोड २१ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष पनि ३६ दशमलव ८४ प्रतिशतले बृद्वि भएको छ । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३३ पैसाबाट बढेर ५१ रुपैयाँ ८२ पैसा पुगेको विवरणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्