Logo

खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



काभ्रे, ८ बैशाख । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–१२ शेरा बस्ने ३७ वर्षीय कृष्ण दनुवारलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षिय कान्छा दनुवारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कान्छाले कृष्णलाई धारिलो हतियार खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालुवाबाट खटीएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्णको धुलीखेल अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot