Logo

सुरिया हेल्थकेयरबाट कोरोना परिक्षणको रिपोर्ट बनाएर विदेश जान लागेका १२२ विमानस्थलबाट फकाईए



काठमाडौं, ८ बैशाख । सिनामंगलको सुरिया हेल्थकेयर प्रालिबाट कोरोना परिक्षणको रिपोर्ट बनाएर विदेश जान लागेका १२२ जना यात्रु विमानस्थलबाट फकाईएको छ । हेल्थकेयरबाट नक्कली पीसीआर रिपोर्ट बनाएर गएको खुलेपछि उनीहरुलाई विमानस्थलबाट फर्काइएको जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले ल्याबका संचालकसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले हिजो पक्राउ गरेको थियो ।

प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्