Logo

कोरोनाको पीसीआर नक्कली रिपोर्ट बनाउने ल्याबको रिपोर्ट लिएर विदेश उड्न खोज्दा… (फोटोफिचर)



काठमाडौं, ८ वैशाख। विदेश उड्न ठिक्क परेका १२२ जना रोकिएका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्न अध्यागमनले रोकेको हो। कोरोना भाइरसको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले उनीहरुलाई विदेश जान रोक लगाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार काठमाडौं सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको हो ।

प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने ल्याबमा छापा मारी जिम्मेवार व्यक्तिहरुलाई पक्राउ समेत गरिसकेको छ । उक्त हेल्थ केयरले नक्कली पिसिआर रिर्पोट जारी गरेको आरोपमा मंगलबार ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो हेल्थ केयरले कोरोनाको जाँचै नगरी कोरोना नेगेटिभको नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको आरोप लागेको छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्