Logo

अर्को हप्ता प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छौं : लिलामणि पोखरेल (भिडिओसहित)



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता तत्काल फिर्ता लिने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता पोखरेलले अर्को हप्ताभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । उनले अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाले पक्षमा मतदान गर्ने पनि विश्वास दिलाए । उनले वर्तमान सरकारलाई आफूहरुको नीतिगत रुपमा नै साथ र समर्थन नरहेको जिकिर गरे ।

उनले प्रधानमन्त्री ओलीले चुनावको कुरा गर्दैमा केही नहुने पनि दाबी गरे । उनले अहिले चुनाव कुनैपनि हालतमा नहुने जिकिर गरे । उनले संसद्ले वैकल्पिक सरकार बनाउने विश्वास दिलाए । उनले वर्तमान प्रधानमन्त्री ओलीलाई लोकतन्त्र विरोधीको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्