काठमाडौं, ८ बैशाख । आज (बुधबार) शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज म्युर्चुअल फण्ड बाहेक अन्य ११ उपसमुहका सुचक राताम्मै छन् । बुधबार १.२२ प्रतिशत अर्थात ३२.४१ अंकले घटेर नेप्से सुचक २६ सय ३२ दशमलव २० विन्दुमा रोकिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले घटेर ४७३ दशमलव ३९ विन्दुमा रोकिएको छ ।
नेप्सेको अनुसार आज २१४ कम्पनीको ६६ हजार ४८० पटक कारोबार भएर ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिद विक्रि भएको छ । निफ्राको आज सबैभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ । बैकको आज ५ सय ७१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।