काठमाडौं, ८ बैशाख । आज शेयरबजार ३२.४१ अंकले घटको छ । नेप्से परिसुचक ओरोलो लाग्दा पनि केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ ।
आज सबैंभन्दा बढी निफ्राको कारोबार भएको नेप्सेले जनाएको छ । निफ्राको २५ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको हो । बैकको आज ५ सय ७१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २२ करोड ६ लाख भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य १६८ रुपैयाँ कायम भएको छ ।