Logo

आज २३ सय ५१ संक्रमित थप, काठमाडौंका मात्रै १०५१ जना



काठमाडौं, ८ बैशाख । आज नेपालमा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित थपिएको पत्रकार सम्म्लेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी कुल १ हजार ५१ जना पुष्टि भएका हो । गौतमको अनुसार आज पिसीआर विधिबाट २ हजार २२० र एन्टिजेट विधिबाट १३१ गरेर जम्मा २ हजार ३ सय ५१ जना संक्रमित भएका हुन् । आज २४ घन्टामा २ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्