Logo

अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखिएका २२ कोरोना संक्रमितको मृत्यु



एजेन्सी, ८ वैशाख । अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखिएका २२ कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रको नासिकस्थित अस्पतालमा भ्यान्टिलेटरमा आपूर्ति गरिएको अक्सिजन चुहिएको हो ।

अक्सिजन लिक भएको घटनाको छानविन गर्न मुख्यमन्त्री उद्धव ठाकरेले निर्देशन दिइसकेका छन् । डा.जाकिर हुसेन अस्पतालमा भएको घटनापछि ठाकरेले मृतक परिवारलाई प्रति व्यक्ति ५ लाख भारुको राहत दिने घोषणा गरेका छन् ।

अक्सिजन चुहावट ठिक गर्न प्राविधिकहरुलाई एक घन्टा लागेको थियो । अक्सिजनको पाइपलाइन सिधै कोभिड वार्डमा लगिएको थियो । चुहावटका क्रममा अक्सिजन राखिएको क्षेत्र सेतो ग्याँसले छेकिएको थियो ।-तस्बिर स्रोतः एएनआई



प्रतिक्रिया दिनुहोस्