Logo

बढ्न थाल्यो सुनको मूल्य



काठमाडौं, बैशाख ९। कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो ।

यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

मंगलवार सुनको मूल्य प्रतितोला ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्