Logo

पाकिस्तानमा चिनियाँ राजदुत लक्षित बम विष्फोट, चार जनाको मृत्यु



काठमाडौं, बैशाख ९ । पाकिस्तानको क्‍वेटा शहरमा पाकिस्तानका लागि चिनियाँ राजदुत बसेको होटेलमा बम विष्फोट भएको छ । राजदुतलाई लक्षित गरी गराइएको विष्फोटमा परी ४ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ११ जना घाइते भएका छन् । राजदुत नोङ रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोजमा सरिक रहेका बेला विष्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । राजदुत रोङ होटलमा पुग्नु केहीबेर अघि मात्रै बिस्फोट भएको हो ।

अफगानिस्तानको सीमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेतामा चीनिया राजदूत रहकै बेला विष्फोट भएको हो । घटनाको जिम्मेवारी पाकिस्तानको तालिवान समूहले लिएपनि विष्फोट गराउनुको कारणका विषयमा जानकारी दिएको छैन। एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot