काठमाडौं, बैशाख ९ । २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन् । एमालेको नाममा रहेको ८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा नयाँ आधुनिक भवन निर्माण गर्न लागिएको हो ।