Logo

प्रभु बैंकको नयाँ शाखा नुवाकोटको वेलकोटगढीमा



काठमाडौं, ९ बैशाख । प्रभु बैंकले बुधबार नुवाकोटमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले वेलकोटगढी नगरपालिकाको वडा नं. ७ स्थित महादेवफाँटमा २१४ औं शाखा संचालनमा ल्याएको हो ।

वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले बैंकको नयाँ शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । कार्यालयको समुद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्