Logo

नेपालगञ्जको वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड राखेसँगै भेटी चढाउने सुविधा



काठमाडौं, ९ बैशाख । नेपालगञ्जको वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मन्दिरमा क्यु.आर. कोडमार्फत भेटी चढाएर उक्त सेवाको सुरुवात गरेका हुन् ।

कार्यक्रममा गभर्नर अधिकारीले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने बैंकको अभियानमा मद्दत पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस्