Logo

ऋषि धमलासँग छविको बयान : शिल्पा पोखरेललाई कुटेकै छैन (भिडिओसहित)



काठमाडौं, ९ बैशाख । चर्चित निर्माता छविराज ओझाले आफूले शिल्पा पोखरेललाई कहिल्यैपनि नकुटेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले शिल्पालाई एकपटक पनि हात नहालेको जिकिर गरे ।

तर, नारीले रोएर भन्ने गरेको कुरा भनेको ‘श्रीमानले कुट्छन’ भन्ने थेगो भएको पनि उनले सुनाए । उनले शिल्पाले सम्पत्तिको लागि मुद्दा मामिला गरेको सुनाईन् । उनले अब शिल्पासँग मिल्ने सम्भावना नहरेको जिकिर गरे । तर, शिल्पा सहमतिको लागि वार्तामा आउनुपर्ने उनको शर्त छ । उनले अहिलेसम्म आफूले शिल्पालाई दुई वर्षदेखि भेट्न नपाएको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्