Logo

लक्ष्मी बैंकले ल्यायो नयाँ वर्षमा ‘शुभश्री लक्ष्मी बचत खाता’



काठमाडौं, ९ बैशाख । नयाँ वर्षको अवसरमा ४.५ प्रतिशत ब्याजदर सहितको अन्य आकर्षका सुविधा भएको बचत खाता लक्ष्मी बैंकले सञ्चालन गरेको छ । बैंकको अनुसार अरेन्ज सेभिङ प्लस प्रिमियम बचत खातामा ४.५ प्रतिशत ब्याजदरका साथै अन्य आकर्षक सुविधाहरू पनि रहेका छन् ।

उक्त बचत खाता भएका ग्राहकले वार्षिक १ लाखसम्मको स्वास्थ्य बिमा र १० लाख सम्मको दुर्घटना÷मृत्यु अक्षमता बिमा सुविधा पाउने बैंकले जनाएको छ । यस्तै डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क रुपमा लिन सक्नेछन् । लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क पनि फिता गर्न सकिनेछ । हुन सक्छ । ।

यस्तै विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारीलाई लक्षित गर्दै ल्याएको ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशतको उच्च ब्याज दर प्रदान गरीरहेको बकैंले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot