काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा माधव नेपाल पक्षधर सांसद सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पाण्डेले पछिल्लो समय दुई नेताबीच सहमति हुने विश्वास दिलाए । यसको लागि दोस्रो तहका नेताहरुले सक्रिय भूमिका खेलेको पनि उनले जानकारी दिए । अध्यक्ष ओली र नेता नेपालबीचको वार्तालाइृ सकारात्मक रुपमा लिनुपर्ने पनि उनको धारणा छ ।