काठमाडौं, ९ बैशाख । आज नेप्से १५.८० अंकले बढेर १६ सय ४८ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले बढेर ४७६ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कर्मसियल (एनसीसी) बैंकको कारोबार उच्च भएको छ । बैंकको ६२ करोड २७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको आज ३४६ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ ।
त्यसैगरी, निफ्राको २५ करोड ८७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिशेयर मुल्य ५६२ रुपैयाँ कायम भएको छ ।