Logo

आज २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, ९ बैशाख । आज नेपालमा कोरोना भाइरसका २४ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १० हजार ४ सय ४८ पिसीआर परिक्षणमा २४ सय २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज २ सय ५२  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्