Logo

कोरोनाको दोस्रो लहरमा बालबालिका चिन्ताको विषय: डा.शेर बहादुर पुन (भिडियोसहित)



काठमाडौं, ९ वैशाख । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको दोस्रो लहरको सुरुवाती समयमा नेपाल रहेको बताएका छन् । उनले यसलाई चिन्ताजनक अवस्था भनेका छन् । डा. पुनसँग ऋषि धमलाले गरेको कुराकानीः

हाम्रो देशमा कोरोना महामारी कुन अवस्थामा छ ?

हामी दोस्रो लहरको उत्तम सुरुवाती समय हो । तर सुरुवाती समय भन्दा पनि अहिले अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । यसले गर्दा पनि चिन्ताजनक अवस्था रहेको छ ।

अब हामी कसरी सुरक्षित हुन्छौ ?

अहिले नयाँ कुराहरु धेरै छैन । यद्यपि नौँलो विषय भनेको जनस्वास्थ्यको हो । हामीले जे जस्तो तरिका अपनाउने भनेर भनिएको थियो त्यहीमा नै हामीले निरनतता दिनुपर्ने हुन्छ । तर, पछिल्लो समयमा हामीले त्यो खालको अनुभवहरु गरेका थिएनौँ । हाम्रो देशमा बालबालिकाका लागि छुट्टै खालका अस्पताल छैन र भएपनि थोरै हुन सक्छ । त्यसले नपुग्न सक्छ । बालबालिकाको लागि आईसियुका सामाग्रीहरु फरक हुन सक्छ । तालिम प्राप्त जनशक्तिको आवश्यकता बढ्न सक्छ । अलिकति फरक चिन्ताको विषय र आगामी दिनको चुनौती अहिले एक पछि अर्को अस्पतालमा भर्ना भइरहेको आउँदाखेरि त्यहाँ अर्को एउटा चुनौती थपिएको छ ।

भारतमा संक्रमित र अस्पतालमा भर्ना हुनेहरुको ठूलो लहर चलिरहेको छ । त्यसमा प्रयोग हुने अक्सिजन र औषधी नेपालमा अहिले पनि चलाई रहेको छ । अरु ओषधीहरु र भ्याक्सिनको बारेमा नेपालमा पर्याप्त मात्रामा आउन सकेको छैन । कुनै पनि अस्पतालहरुमा हामी भर्ना भईसके पछि अथवा पहिला सुरुमा नै भर्ना हुनुपर्ने हो भने पछि संक्रमण भएपछि र नहुँदै आवश्यक पर्ने जुन सुकै चिज पनि अभाव हुन थालेको विषय आएको छ । यो अहिलेको चिन्ताको विषय हो । सँग सँगै अहिलेको चिन्ता भनेको बालबालिकाको विषय हो । बालबलिकाहरु अस्पतालमा भर्ना हुने अवस्था जुन गतिमा भईरहेको छ यो चिन्ताको विषय हो । हामीले जुन सहयोग गरिरहेको मेडिकल सामानहरु छ त्यहाँ पनि कतै अभाव हुने संकेत देखिन्छ । त्यो हुन्छ हुँदैन त्यो म भन्दिनँ । भारतमा नै त्यो खालको ओषधीहरुको पनि र भ्याक्सिनको पनि अभाव छ भन्ने कुरा सुन्नमा आएका्े हुनाले अब हामीले यस्तो अवस्थामा के गर्ने होला भनेर पनि अब सोच्नु पर्ने अथवा योजना बनाउनु पर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot