Logo

‘माधवजीले प्रधानमन्त्री ओलीसँग तपाईँ सरकार र पार्टी चलाउनुहोस भनेर पनि भन्नुभयो होला भन्ने मलाई लाग्छ’ : मोतिलाल दुगड



प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता अत्यन्तै सकारात्मक बनेको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रमका पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले नेताहरुले आ–आफ्नो अडान छोड्नुपर्ने सुझाव दिएका छन् । कुराकानीको क्रममा दुगडले भनेका छन्–‘कसैको पनि अडानले कसैलाई केही पनि मिल्दैन् । यो सबैलाई थाहा छ कि अडान राखेर केहीपनि हुनेवाला छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि आफ्नो बदनामी हुन्छ । यो पार्टी फुट्यो भने त एउटा ठुलो गम्भीर दुर्घट्ना हुन्छ । यो पार्टी फुट्नुहुदैन भन्ने भावनाको साथमा नै दुई जना नेताहरुले आफ्नो बरिष्ठतालाई कायम राख्दै यो हार र जितको लडाई होईन, यो लडाई पनि होईन यो । यो आ–आफ्नो केही कुराहरुको लडाई हुनसक्छ । अडान छोड्नुपर्छ । यो अडान राखेर केहि हुनेवाला छैन ।’ प्रस्तुत छ दुगडसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच के–के कुराकानी भयो ? बताउनुहोस त ?

के–के भयो मलाई त खासै थाहा छैन । तर, हिजो हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू र पूर्व प्रधानमन्त्री एवम् पूर्व महासचिव माधवकुमार नेपालको बीचमा मेरियटमा दुई घण्टासम्म छलफल भएको कुरा मलाई पनि थाहा छ ।

तपाईँ पनि त्यहीँ हुनुहुन्थ्यो नि ? के के कुरा भयो ? जनतालाई बताउन मिल्दैन् ?

म पनि संयोगले होटेल मेरिटमा पुगेको थिएँ । मैले पनि दुवै जनालाई भेट्ने मौका पाएँ । उहाँहरुलाई भेटेपनि उहाँहरूबीच कुराकानी भईरहेको छ ।

उसो भए, तपाईँले भेट्दा केपी ओलीले र माधवकुमार नेपालले तपाईँलाई के भन्नुभयो ?

खासै केही भन्नुभएन, त्यही कस्तो हुनु हुन्छ ? के हुनुहुन्छ ? भनेर भलाकुसारी मात्रै भएको हो । त्या्े कुराकानीको सन्दर्भमा उहाँहरुले अरु केही पनि भन्नुभएन । वान–टु–वान कुराकानी भएको हुनाले खासै उहाँहरूको मनको भित्री कुराहरु के छ हामीले थाहा पाएनौँ । यसो हेर्दाखेरि उहाँहरुको अनुहारमा एकदमै खुशी थियो । बडी ल्याङवेजले कुराहरु सकारात्मक भएको जस्तो लाग्यो । सकारात्मक भएर नै दुई घण्टासम्म कुराकाी भएको हो ।

तपाईँ प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्छ, उहासँग कुराकानी भयो होला प्रधानमन्त्री ज्यस ले के भन्नुभयो बताउनुहोस् न ?

उहाँले त यो कुराकानीलाई निरन्तरता दिनुपर्ने हुन्छ र म यो पार्टीलई बलियो बनाएर लान्छु र म पार्टीलाई बलियो बनाउँछु । पार्टीको हितमा देश र जनताको हितमा काम गर्न सक्छु नेतालाई म एक गर्छु भन्ने धारणजस्तो लाग्यो उहाँको त्यो धारणालाई यी नै कुरा भनिराख्नु भएको छ ।

हिजोको संवादपछि प्रधानमन्त्रीले तपाईँलाई के–के कुरा भन्नुभयो बताउनुहोस् ?

उहाँले म पार्टीलाइ डुब्न दिन्नँ, पार्टीलाई एक गरेर लग्छु । कसैको कमिकमजोरी केही छ भने आत्माआलोचना गरेर आफ्नो कमिकमजोरीलाई सच्याएर अबदेखि यस्तो हुँदैन भनेर एउटा कमिटमेन्टको साथमा कोही आउँछ भने अबदेखि यस्तो नगरौँ उहाँले भनेको कुरा त्यहीँ छ । दुबैजना नेता हाम्रो पार्टीको पिल्लर पनि हुनुहुन्छ । उहाँहरुको बीचमा यो संवादहिनता जुन थियो, त्यो तोडिएको छ । यो नै एउटा महत्वपूर्ण कुरा हो । यो एउटा पार्टीको लागि मात्रै होईन देश र जनताको लागि एउटा खुशीको कुरा हो । यो पार्टी भनेको नेपालको सबैभन्दा ठुलो पार्टी हो । यो पार्टीमा ठुला बनाउन सबैको भावना छ, पार्टीका नेताहरु देखी लिएर जनता र कार्यकर्तासम्ममा यही नै भावना छ । यो पार्टीलाई जसरी पनि बचाउनुपर्छ । यसलाई टुटफुट हुन दिनुहँुदैन् । कोही तत्वहरुले यो पार्टी फुटाउने वा भत्काउने काम गर्छ भने त्यसबाट सचेत हुनुपर्छ । यो सबैको भावना हो ।

अब एमाले नफुट्ने भयो त ? प्रधानमन्त्री यसमा ब्याक हुनुभएको हो ?

यसमा ब्याक हुने वा फ्रन्ट हुने भन्ने कुरा आउँदैन । यसमा कुरा आउँछ, पार्टीको यसका कसैको अपमान हुन्छ, कसैको बेईज्जत हुन्छ भन्ने कुरा होईन । यो कुरा त यत्रो वरिष्ठ नेताहरुले ब्याक हुने वा फ्रन्ट हुने ईगो लिएर बस्ने कुरा होईन । तरपनि इगो लिएर बसेको छैन ।

माधवकुमार नेपालले भन्नुभएको छ नि त–२०७५ जेठ दुई गते फर्कनुपर्छ भनेर ? त्यसमा सहमति भयो त हिजो ?

कुरा त के–के हुन्छ ? के–के भित्री कुराहरु हाम्रो अहिलेसम्म खोलेको छैन । तर, यो अडान राखेर कहिले पनि एकता हुँदैन । अडान दुबै नेताले राखेका छैनन् जस्तो लाल्छ । र, राख्नुपनि हुँदैन होला । किनभने अडान राखेर जहाँको त्यहीँ भईन्छ । यति जनताको विचमा, मिडियाको बीचमा दुई जना नेताहरुले यति लामो वार्ता गरेको छ भने पक्कै केही न केही वार्ता सकारात्मक हुन्छ । दुबै जनाले पहल गर्नुभएको छ । केही तत्वहरुले उहाँहरुलाई मिल्न दिएका छैनन् जस्तो लाग्छ भने दुबै जना म्याचुअर्ड र बरिष्ठ नेताहरु हुनहुन्छ । अरुको कुराको लहैलहैमा आएर यत्रो नोक्सान हुन दिनुहुन्छ होलाजस्तो लाग्दैन् ।

अब दुबै जना नेता एकताको लागि सच्चिन तयार हुनुभयो त ?

सच्चिनको लागि बिग्रेको त केही पनि होईन नि ?

माधव कुमार नेपालको बटमलाईन छ नि ? त्यसमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको हो त ?

कसैको पनि अडानले कसैलाई केहीपनि मिल्दैन् । यो सबैलाई थाहा छ । अडान राखेर केहीपनि हुनेवाला छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि आफ्नो बदनामी हुन्छ । यो पार्टी फुट्यो भने त एउटा ठुलो गम्भीर दुर्घट्ना हुन्छ । यो पार्टी फुट्नुहुदैन भन्ने भावनाको साथमा नै दुई जना नेताहरुले आफ्नो बरिष्ठतालाई कायम राख्दै छलफल गर्नुभएको छ । उहाँहरुले यो हार र जीतको लडाईँ होईन, यो लडाई पनि होईन यो । यो आ–आफ्नो केही कुराहरुको लडाईँ हुनसक्छ । अडान छोड्नुपर्छ । यो अडान राखेर केही हुनेवाला छैन् । फेरि फर्केर त्यही ठाउँमा आउनुपर्छ । प्रधानमन्त्रीले हामी मिलेर जाउँ भनेर पक्कै भन्नुभयो होला । माधवकुमार नेपालजीले पनि आफना अडान नराखेर हामी तपाईँलाई सहयोग गर्छौं । तपाई सरकार र पार्टी चलाउनुहोस् भनेर पनि भन्नुभयो होला भन्ने मलाई लाग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot