Logo

मन्त्रिपरिषद बैठकमा जसपाको माग सम्बोधनबारे छलफल, मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने



काठमाडौं, ९ बैशाख । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा जसपा, नेपालले अघि सारेका माग र मुद्दाको बारेमा छलफल भएको छ । पार्टीका नेता तथा कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा फिर्ता लिनुपर्ने जसपाको माग थियो । सो मागबारे आजको मन्त्रिपरिषद बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो समय जसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादमा छन् । मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओली राजी भएको समाचार यसअघि पनि आएका थिए । आजको मन्त्रिपरिषद बैठकमा सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइने छ। त्यस्तै, लाल आयोगको पनि प्रतिवेदन सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ । Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्