Logo

ओली दम्भबाट पछाडि हट्न चाहेनन्ः माधव नेपाल



काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दम्भी र हठी भन्दै एकता बचाउन कठिन भएको बताएका छन् । उनले ओलीसँग जति भेटघाट गरेपनि सकारात्मक हुन नसकेको बताए ।

जनकपुरधामस्थित मिथिला भवनमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेपालले अ‍ेलीमाथि पार्टी र लोकतन्त्र नै संकटमा पारेको आरोप लगाए । ‘ओली आफ्नो दम्भबाट पछाडि हट्न चाहेनन्,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन ।’

आफूले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन निरन्तर प्रयास गरेपनि ओलीले नचाहेको नेपालले आरोप लगाए । उनले ओलीमा भड्काउ चिन्तन भएको टिप्पणी गरे । अल्पतमा परेपछि ओलीले बाटो हिड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएको नेपालको आरोप थियो ।

नेपालले पार्टी एकताका लागि ओलीले यसअघि लिएको निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए । ओली हठी भएकाले नै डिनर छाडेर बामदेव गौतम हिंडेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्