Logo

ओलीले बोलाएको बैठक बहिष्कार गरेका माधव नेपाल वामदेव भेट्दै



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । तर, उक्त बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा माधवकुमार नेपालसहित उनी पक्षधर २७ जना सांसद र कर्णाली प्रदेशका पाँच सदस्यहरुमाथि कारबाहीको तयारी छ । यसअघि बैशाख ६ गते बसेको बैठकले नेता नेपाल पक्षधर ३२ सांसदहरुलाई स्पष्टीकरण सोधिएको थियो । सबैको जवाफ बालुवाटार पुगिसकेको छ ।

उनीहरुले दिएको स्पष्टीकरण पत्रबारे आजको बैठकमा निर्णय गरिने एक नेताले जानकारी दिए । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । तर, अस्ति र हिजो भएको भेटवार्ता सकारात्मक नभएको स्वयम नेता नेपालले स्पष्ट पारिसकेका छन् । उनले जनकपुर पुगेर ओलीसँगको वार्ता सकारात्मक नभएको र ओल्ीमा अझैपनि दम्भ कायम रहेको सुनाएका थिए ।

उनले अब ओलीविरुद्ध आफूहरु एकताबद्ध भएर लड्ने पनि जनाएका थिए । माधव नेपाल यतिवेला कामविशेषले जनकपुरमा छन । उनी आजै काठमाडौं आउने कार्यक्रम छ । काठमाडौं आउनेबित्तिकै नेता नेपालले अर्का नेता वामदेव गौतमसँग भेट्ने कार्यक्रम रहेको छ । अब ओलीविरुद्ध कसरी अघि बढ्ने ? भन्नेबारे छलफल गर्नुपर्यो भने आज विहानमात्रै गौतमले नेता नेपाललाई भनेका थिए । सो कुरा नेता नेपालले जनकपुमार आयोजित पत्रकार सम्मेनलमार्फत जानकारी गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्