काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘Customer Care’ को सुरुवात गरेको छ ।
आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस नवीन कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको NIC ASIA MoBank एप भित्र रहेको यस Customer Care आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् ः
यस एपबाट ग्राहकहरुले च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट,Video Tutorial ,ईमेल सुविधा,, FAQs बाट बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहक महानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।
बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन लागेको जनाएको ।
बैंकको अनुसार २२ लाख भन्दा बढी ग्राहकहरु रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।