Logo

नारायणी बैंकको हकप्रद शेयर डिम्याट खातामा जम्मा



काठमाडौं, १० बैशाख । नारायणी डेभलपमेन्ट बैंकले पुस २८ गतेसम्म अभौतिकिकरण गराएका शेयरधनीकोे हितग्राही (डिम्याट) खातामा हकप्रद शेयर जम्मा गरेको छ । बैंकले सुचना जारी गर्दै शेयरधनीको खातामा शेयर जम्मा गरिदिएको जानकारी दिएको हो । बैंकले शेयर विक्रि तथा प्रबन्धकमा ग्लोबल आइएमईलाई जिम्मेवारी दिएको छ ।

साथै कम्पनीले शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई रजिष्ट्रिार ग्लोबल आइएमई क्यापिटल तथा अन्य निक्षेप सदस्य भएको वित्तीय संस्थामा सम्पर्क गरी शेयरलाई अभौतिकीकरण गराउन पनि अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot