Logo

सांग्रीला बैंकको २ दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न



काठमाडौं, १० बैशाख । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेकोे बैंकले जनाएको छ ।

कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले बताएको छ । दुईदिने कार्यक्रमको समापनको अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए ।

यसैगरी, उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए ।
काठमाडौंकोे बालवाटारमा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका थिए ।

तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गरेका थिए । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्