बर्दिया, १० बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बरबर्दिया नगरपालिका-३ भक्तिपुर बस्ने २४ वर्षीय सुनिल कुमार थारु पक्राउ परेका हुन् ।
थारुले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।