Logo

भगवती चौधरीद्धारा बालुवाटारको बैठक बहिष्कार, के हो उनको असन्तुष्टि ?



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को आज बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भगवती चौधरीले बहिष्कार गरेकी छिन् । बैठकमा सहभागी भएकी चौधरीले आफूलाई सुनसरीको ईन्चार्ज नबनाएपछि बैठक बहिष्कार गरेको खुल्न आएको छ।

उनले यसअघि देखि नै सुनसरीको ईन्चार्ज आफूलाई बनाउन आग्रह गरेकी थिईन् । तर, जगदीश कुशियतलाई सुनसरी इन्चार्ज बनाएपछि उनको असन्तुष्टि आज छताछुल्ल भएको थियो ।

नेतृ चौधरी नवौं महाधिवेशनदेखि नै अध्यक्ष ओलीको पक्षमा थिईन् । यसअघिको प्रतिनिधिसभाको चुनावमा उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिईन् । तर, उनले आफूलाई धाँधली गरेर हराएको भन्दै अदालतसमेत गएकी थिईन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot