Logo

शुक्रबार २५ सय ५९ संक्रमित थप, ४१० जना डिस्चार्ज



काठमाडौं, १० बैशाख । आज नेपालमा कोरोना भाइरसका  २५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा ४ सय १० जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्