Logo

आज कोरोनाबाट ५ जनाको मृत्यु



काठमाडौं, १० बैशाख । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९ हजार ६ सय ६४ जनाको पिसीआर परिक्षण भएकोमा २५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, देशभर १४ हजार ७ सय २४ जना आइसोलेशनमा बसेका छन् भने क्वारेन्टिनमा बस्नेको सख्या ७५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्