Logo

पूर्वराजा ज्ञानेन्द्रसहित कोमल र प्रेरणाको अवस्था स्थिर



काठमाडौं, ११ वैशाख । कोरोना भाइरसको संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाहसहित तीनजनाको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका शाहसहित पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था स्थिर रहेको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमित भएपछि पूर्वराजा शाह शनिबार दिउँसो अचानक अस्पताल भर्ना भएपछि चासो बढेको हो । पूर्वराजा शाह भारत भ्रमणमा गएर फर्किएपछि चेकजाँच गर्दा संक्रमण पुष्टि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot