Logo

त्रीदेशीय श्रृंखलामा कुशलको सानदार प्रदर्शन, फाइनलमा नेपालले दियो २३९ रनको लक्ष्य



काठमाडौं, ११ वैशाख । नेपालका क्रिकेटर कुशल भुर्तेलले त्रीदेशीय श्रृंखलामा लगातार अर्धसतक बनाएका छन् । उनले नेपालले त्रीदेशीय श्रृंखलामा खेलका ४ प्रतिस्पर्धामा अर्धसतक बनाएका हुन् ।

टी-२० अन्तर्राष्ट्रिय खेलको फाइनलमा नेपालले २ सय ३८ रनको हालसम्मकै सर्वाधिक स्कोर बनाउँदा कुशलले ७७ रन बनाए । ५३बलमा ८ चौका र ३ छक्का हानेका थिए ।

क्ुशलले नेदरल्यान्डसँगको पहिलो खेलमा ६१, मलेशियासँगको खेलमा ६१ र नेदरल्यान्डसँगको यसअघिको खेलमा ६२ रन बनाएका थिए । नेदरल्यान्ड्ससँगको यसअघिको खेलमा भने नेपाल पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot