Logo

आज एकैदिन १४ कोरोना संक्रमितको मुत्यु



काठमाडौं, ११ बैशाख । आज कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २६ सय १९ थपिएका छन् । आज ३ सय ६८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २३ लाख ९५ हजार ७ सय २५ जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ८ सय २८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्