Logo

काठमाण्डौ महानगरपालिका–४ को कार्यालय निर्माण, आफू सफल भएको मेयर शाक्यको दावी



वैशाख ११, काठमाण्डौ । काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडामा महत्वपूर्ण कामहरु भएको दावी गरेका छन् । महानगरपालिकाको वडा नम्बर चारको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि सबै वडाहरुले जनहितमा काम गरेको बताएका हुन् ।

पछिल्लो समय जन्मदेखि मृत्युसम्मका सबै काम वडा तहबाटै गर्ने व्यवस्था मिलायएको शाक्यले बताए । कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेश सांसद नारायण सिलवालले चार नम्बर वडाले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याएर उदाहरणीय काम गरेको बताए । जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै उपलब्धि भएको सिलवाको भनाई छ । महानगरको वडा नम्बर चारले चार तल्ले भवन बनाएर कार्यालय संचालनमा ल्याएको हो । कार्यालय भवन अपाङ्गमैत्री बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्