Logo

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ, तर राजसंस्था फर्कनुपर्छ भन्ने मेरो माग होईन : गौरी मल्ल (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका मल्लले यस्तो बताएकी हुन् । यद्धपी उनले नेपालमा राजसंस्था फर्कनुपर्छ भन्ने आफने माग र जिकिर नभएको पनि स्पष्ट पारिन् । तर, नेपाललाई हिन्दूराष्ट बनाउनुपर्ने उनको माग छ ।

उनले भनिन्, म हिन्दूराष्टको पक्षमा हो । म हिन्दू राष्ट्रमै परिचित मान्छे हुँ । विदेश जाँदापनि हिन्दू राष्ट्र भएको देशबाट आएको कलाकार भनेर सम्मान पाएको व्यक्ति हुँ । तर, आफू हिन्दूराष्ट बनाउनको लागि प्लेकार्ड बोकेर भने सडकमा नआउने विश्वास दिलाईन् । उनले आफूलाई राजनीतिमा आउनको लागि प्रस्ताव आएको भएपनि आफू नजाने बताईन् । उनले अहिले कलाकारितामै आफूले आनन्द लिईरहेको सुनाईन् । उनले आफूलाई नेपालमा मनपर्ने नेतामा गणेशमान सिंहको नाम लिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot