Logo

केन्द्रीय समिति बैठकको एजेन्डामा सहमति बनाउन काँग्रेस पदाधिकारी बैठक



काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठककको एजेन्डाबारे सहमति निकाल्न आज पदाधिकारी बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठक महाधिवेशन तयारीमा केन्द्रित रहने बुझिएको छ ।

काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा विवाद रहेको छ । यसको टुंगो लगाउन प्रयास चलिरहेको छ ।

यसैगरी, जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीबाट सम्भावित उम्मेदवारबारे पनि छलफल हुने बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot