Logo

विशेष अधिवेशनको समावेदनसहित प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै



काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो ।

अधिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् । प्रस्ताव दर्ता हुनलागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् ।

ओलीले आफूविरोधी समानुपातिकतर्फका सांसदहरुलाई हटाउने निर्णय लिन लागेका हुन् । अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गरी ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot