![](https://reportersnepal.com/wp-content/uploads/2021/04/pm-kp-sharma-oli-768x512.jpg)
काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।रासस-File Photo